Aamsanchar

दिल्लीका उपमुख्यमन्त्री पक्राउ

Author Image
सोमवार, फागुन १५, २०७९

काठमाडौं : भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनिष सिसोदियालाई सीबीआईले पक्राउ गरेको छ । आम आमी पार्टीबाट दिल्लीको उपमुख्यमन्त्री सोसिदियालाई सीबीआईले आइतबार ८ घण्टा सोधपुछ गरेको थियो। सिसोदियालाई दिल्लीमा मदिरा नीति मार्फत व्यापारीहरूलाई फाइदा पुर्याएको आरोपमा अनुसन्धानको क्रममा हिरासतमा लिएको हो।

जुलाई २०२२ मा, दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले मनिष सिसोदियाविरुद्ध सीबीआई जाँचको माग गरेका थिए। सक्सेनाले सिसोदियाले नियमको बेवास्ता गरेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए। यसपछि ईडी र सीबीआईले सिसोदियाविरुद्ध अनुसन्धान सुरु गरेका थिए।

सिसोदिया आम आदमी पार्टीका दोस्रो मन्त्री हुन् जसलाई केन्द्रीय एजेन्सीले एक वर्षभन्दा कम समयमा पक्राउ गरेको छ। यसअघि दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई मे २०२२ मा प्रवर्तन निर्देशनालय (ईडी) द्वारा पक्राउ गरिएको थियो, उनी अझै जेलमा छन्।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर