Aamsanchar

आजकाे माैसम

Author Image
मङ्गलवार, फागुन १६, २०७९

काठमाडौं : देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना छ।  मंगलबार गण्डकी र प्रदेश १ का केही र बाँकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद् गोविन्दकुमार झाका अनुसार प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ। पश्चिमी वायुको प्रभावले विभिन्न स्थानमा बिहानैदेखि मौसम आंशिक बदली भएको छ।

बिहान काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (१)

सम्बन्धित खबर