Aamsanchar

प्रदेश स्तरिय प्रदर्शनी : स्थानीय कलाकारहरुलाई प्राथमीकता

Author Image
मङ्गलवार, फागुन १६, २०७९

जिल्ला स्तरिय लोकदोहोरी गीत प्रतियोगीतामा प्रथम र दृतिय हुने कलाकारहरु।

घोराही । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङले घोराहीमा आयोजना गरेको ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी २०७९’ मा दंगाली कलाकारहरुलाई प्राथमीकताकासाथ स्थान दिएको छ । प्रदर्शनीको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुलाई प्राथमीकताकासाथ स्थान दिएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

‘साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बिनी प्रदेशको सम्वृद्धिको आधार’ र ‘स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर बनाऔँँ’ भन्ने मूल नाराका साथ घोराही १४ झिगौरामा आयोजना गरिएको प्रदर्शनी सुरु हुनभन्दा पहिले आयोजकले गरेको प्रतिवद्धता अनुुसार स्थानीय कलाकारहरु प्राथमीकताकासाथ स्थान दिएको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो । स्थानीय कलाकारहरुको माग अनुसार नै योजना बनाएरै दंगाली कलाकारहरुलाई प्रथमीकता दिएको उहाँले बताउनुभयो ।

जसमा नयाँ प्रतिभादेखी स्थापीत दंगाली कलाकारहरुलाई मञ्चमा स्थान दिएको उहाँको भनाई छ । ‘हामीले दंगाली कलाकारहरुलाई प्राथमीकता दिने भनेर प्रदर्शनी सुरु हुनुभन्दा पहिले नै भनेका थियौँ सोही अनुसार कलाकारहरुलाई स्थान दिएका छौ’ उहाँले भन्नुभयो– ‘सांगितिक क्षेत्रका स्थापीत दंगाली कलाकारहरुदेखी नयाँ प्रतिभाहरुलाई पनि दैनिक मञ्चमा प्रस्तुतिकालागी स्थान दिएका छौँ ।’ साथै उहाँले दाङ थारु जतिको बाहुल्यता रहेको जिल्ला भएकाले पनि थारु कलाकारहरुलाई बिशेष स्थान दिएर मञ्च प्रदान गरेको उहाँले बताउनुभयो । आजका स्थानीय कलाकार भोलिका राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार हुने भएकाले स्थानीय कलाकारहरुलाई प्राथमीकता दिएको मजगैयाले बताउनुभयो । साथै स्थानीय कला, संस्कृति, परम्परा अनुसारको नृत्य पनि प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

प्रदर्शनीमा दंगाली कलाकारहरु सिर्जु अधिकारी, रिता के.सी, प्रकाश रेग्मी, देबेन्द्र बस्नेत, पिताम्बर रिजाल, खड्ग शर्मा, प्रकाश प्रीय कुसुम्या, रोशन रत्गैयाँ, शालिकराम चौधरी, लक्ष्मीमान चौधरी, प्रकाश प्रीय कुसुम्या, रचना चौधरी, राजेन्द्र चौधरी, दलबहादुर बस्नेत, नारायणी डाँगी, दिपक बर्मा, फनेश्वर गुप्ता (भुलन), उर्मीला कुसुण्डा लगायतका कलाकारहरुले प्रदर्शनीमा आफ्नो प्रस्तुति राखेको सांस्कृतिक उपसमितिका संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो । यस्तै विभिन्न नयाँ प्रतिभाहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो । यस्तै लक्ष्मी गोतामे, आशा बुढा, बिमला थापा मगर, सनिा बाठा, मगर समुदाय, थारु समुदाय लगायत दर्जनौ नयाँ प्रतिभाहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
प्रदर्शनीमा लोक दोहोरी गीत प्रतियोगीता र लोकनृत्य प्रतियोगीता पनि सञ्चालन भएको छ । जसमध्य लोकदोहोरी गीत प्रतियोगीतामा १२ र लोकनृत्य प्रतियोगीतामा १६ टीमको सहभागीता रहेको थियो । जसको संयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ शाखाले गरेको थियो ।

स्थानीय अर्थात दंगाली कलाकारहरुलाई पनि यस प्रदर्शनीले महत्वकासाथ स्थान दिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ शाखाका अध्यक्ष राजेन्द्र दाहालले बताउनुभयो । यस्ता महोत्सवहरुले दंगाली स्थापीत कलाकाररु एवं नयाँ प्रतिभाहरुलाई प्राथमीकतासाथ स्थान दिएको बताउदै उहाँले आगामी दिनमा हुन अन्य आयोजकहरुले पनि यसबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर