एजेन्सी- मोरक्को र फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ । २४ वर्षीया महिलाले पिएसजीका खेलाडी हाकिमीले गत २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप सहित उजरी दिएपछि फ्रान्सको सम्बन्धित कार्यालयले प्रारम्भिक अनुसन्धान थालिसकेको छ ।
स्पेनमा जन्मेका हाकिमी मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्दै चर्चित खेलाडी बनेका थिए । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको थियो । त्यही प्रदर्शनको आधारमा सोमबार साँझ पेरिसमा आयोजित फिफा फुटबल अवार्ड समारोहमा उनी पनि पुगेका थिए ।
आरोपको विषयमा हाकिमी र पिएसजीले सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छैनन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 134