Aamsanchar

मट्टितेलको मूल्य ५० रूपैँयाले घटाइयो

Author Image
बिहिवार, फागुन १८, २०७९

श्रीलंकामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ। श्रीलंकाको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गरेका थिए।

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च १ को मध्यरातदेखि मूल्य घटाउने घोषणा गरेको छ।मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ (०.१४ अमेरिकी डलर) घटाएर ३०५ रुपैयाँ कायम गरिएको छ। औद्योगिक मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३४ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा झरेको निगमले जनाएको छ।

सन् २०२२ मा घरेलु आर्थिक संकटका कारण अनुदान हटाइएपछि दक्षिण एसियाली मुलुकमा मट्टितेलमा अत्यधिक सहुलियत दिइएको थियो।

सन् २०२२ को अगष्टमा सीपीसीले मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँबाट बढाएर ३४० रुपैयाँ र नोभेम्बर २०२२ मा ३६५ रुपैयाँ पुर्‍याएको थियो। जनवरी २०२३ मा यसको मूल्य घटाएर ३५५ भारु मा झारिएको थियो। श्रीलंकाकामा मट्टितेल मुख्यतया आवासीय क्षेत्र र मत्स्य पालन समुदायहरूले प्रयोग गर्छन्। बुधबार श्रीलंकामा एक अमेरिकी डलर बराबर ३६२.८४ श्रीलंकाली रूपैँया कायम गरिएको छ।

Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर