Aamsanchar

ठमेलमा ल्याएर अफ्रिकन महिलालाई वेश्यावृत्तिमा लगाउने युगाण्डाकी महिला पक्राउ

Author Image
शुक्रवार, फागुन १९, २०७९

काठमाडौँ-अफ्रिकन महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले अफ्रिकन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युगाण्डा घर भएकी नतासा भनेर चिनिने इमाकुलेट नाबासुम्बा छन् । परिवर्तित नाम बबरमहल–२६ लाई नेपालमा राम्रो काम पाइन्छ भनेर नतासाले काठमाडौं ल्याएकी थिइन् । काठमाडौंमा ल्याएर ठमेल स्थित होटल ‘होटल जर्नी होम प्रालि’मा राखेर आरोपीले पीडितलाई वेश्यावृत्ति गर्न बाध्य बनाएको मानव बेचविखन ब्यूरोका एसएसपी जीवन श्रेष्ठले बताए ।पीडितलाई एक दिनमा ५ देखि ७ जनासँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडित बिरामी भएर युगाण्डा फर्कन भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा नतासाले उनको टिकट क्यान्सिल गरिदिइन् ।

टिकट क्यान्सिल गरेपछि पीडित प्रहरीको सम्पर्कमा पुगेकी हुन् । आरोपीलाई फागुन १५ मा पक्राउ गरेर थप अनुसन्धान भइरहेको एसएसपी श्रेष्ठले बताए । आरोपीले पीडित महिलासँग यौन सम्पर्कबापत पुरुषहरुसँग ४ देखी ५ हजार असुल्ने गरेको थाहा भएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर