


बझाङ : जयपृथ्वी नगरपालिका-१० चैनपुरमा फागुन १९ गते बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ। जयपृथ्वी नगरपालिका-१० चैनपुरको बाहुलीगाडको किनार निर्माणाधीन बसपार्क नजिकै सालनालसहित बालुवामा गुटमुटिएको अवस्थामा शिशुलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लगिएको र उक्त स्थानमा प्रहरी टोली खटाई शव फाल्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
बच्चा कसको हो भन्ने विषयमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 86