Aamsanchar

मुलुकमा आत्मनिर्भर बन्न नदिने, युवालाई रोजगारीका नाममा विदेश पठाएर यहाँ विदेशीले राज गर्ने छन  : डा बराल

Author Image
आइतवार, फागुन २१, २०७९


बिर्तामोड । नेपाल हिन्दुराष्ट्र पुनर्स्थापना मञ्चका अध्यक्ष डा विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् ।
नेपाल हिन्दुराष्ट्र पुनर्स्थापना मञ्चले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्ष समेत रहेका डा बरालले विदेशी हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढेर गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाल हिन्दुराष्ट्र नभएसम्म विदेशीले धर्मका नाममा चलखेल गरिरहने र कुनै न कुनै बहानामा नेपाल र नेपालीको स्वाधीनता माथि विभिन्न खाले गतिविधि गर्दै मुलुकलाई अस्थिरता तर्फ धकेलिरहने बताए ।
विदेशीको यसक्षेपकै कारण कुनै पनि नेपालीलाई मुलुकमा आत्मनिर्भर बन्न नदिने र यहाँका युवालाई रोजगारीका नाममा विदेश पठाएर विदेशी नागरिकले यहाँ राज गर्ने उनको आरोप छ ।

नागरिकता विधेयक, एमसीसी जस्ता परियोजनाले नेपाललाई अझ तहस नहस पार्ने उनको भनाई छ । नागरिकता विधेयक नेपालीको हित विपरित रहेको बरालको भनाई छ ।
पत्रकार भेटघाटमा नेपाल हिन्दुराष्ट्र पुनर्स्थापना मञ्चका भारत अध्यक्ष दीपमाला तामाङ, नेपालका अध्यक्ष अभय राजवंशी, नेपाल हिन्दुराष्ट्र पुनर्स्थापन मञ्च भारतको इष्ट रिजनका अध्यक्ष प्रणव राजवंशीले समेत आ– आफ्नो धारणा राखेका थिए ।

नेपालका अध्यक्ष अभय राजवंशीले गरिबी र चेतनाको हिसाबले पछाडि परेका व्यक्ति परिवारलाई विभिन्न सानो सहयोग गरेर र अनेकौं आश्वासन दिएर धर्म परिवर्तन गराउने गिरोहनै परिचालन रहेको छ । त्यस्ता व्यक्ति संस्थाहरूको गतिविधि नेपालको कानुन विपरित रहेको छ । त्यस्तो कार्य गर्ने लाई कानुनी कठघारामा पुर्याउन शसक्त रुपमा लाग्ने बताए । स्थिर राजनीतिको फाइदा उठाएर विदेशीहरू अभियानकै रुपमा धर्म परिवर्तन गराउन तर्फ लागि रहेका छन् । यस्ता कार्यलाई सरकारले नियन्त्रण गर्नुपर्छ । धर्मको नाममा नेपालमा दन्द्ध सृजना हुने र नेपालको अवस्था झन कमजोर हुदै जाने हुदाँ सरकार र नागरिक समाज पूर्व सचेत रहनु पर्ने अवस्था आएको धारणा राखेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर