Aamsanchar

मोरङ : छिमेकीको बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर युवकको मृत्यु

Author Image
सोमवार, फागुन २२, २०७९

मोरङ- घाँटीमा मासु अड्किएर मोरङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको उर्लाबारी नगरपालिका–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको छ । आइतबार दिउँसो छिमेकीको बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ । मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उहाँको बाटैमा मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
7
+1
3
+1
0
+1
3
+1
3
+1
21
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर