Aamsanchar

बेलायतले अवैध आप्रवासीहरुलाई शरण नदिने

Author Image
बुधवार, फागुन २४, २०७९

एजेन्सी – बेलायतले अवैध आप्रवासीहरुलाई शरण नदिने घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले गैर कानुनी बाटो हुँदै बेलायत प्रवेश गर्नेहरुलाई शरण नदिने प्रष्ट पार्दै तिनीहरुलाई बेलायतमा बस्न पनि नदिने बताउनु भएको हो । फ्रान्स हुँदै ब्रिटिस च्यानल पार गरेर बेलायत छिर्नेहरुप्रति लक्षित गर्दै उहाँले गैरकानुनी रुपमा बेलायत छिरेर शरण पाउने अपेक्षा नगर्न प्रष्ट पार्नुभएको छ ।

फ्रान्ससँग सीमा छुट्याउने ब्रिटिस च्यानल डुंगाबाट तरेर बेलायत प्रवेश गर्नेहरुको संख्या दिन प्रतिदिन बढेपछि बेलायत कठोर बनेको हो । सन् २०१८ मा वार्षिक तीन हजार व्यक्ति डुंगाबाट बेलायत छिरेकोमा पछिल्लो समय उक्त संख्या वार्षिक १८ हजार पुगेको छ ।

प्रधानमन्त्री सुनकले तटीय सीमा सुरक्षा गार्डहरुलाई अवैध रुपमा बेलायत छिर्न दिएर गल्ती नगर्न निर्देशन पनि दिनुभएको छ । अवैध आप्रवासी रोक्ने एजेण्डालाई प्रमुख मुद्दा बनाउनु भएका प्रधानमन्त्री सुनले गृहमन्त्री सुएला ब्राभरम्यानलाई आप्रवासी सम्बन्धि नयाँ विधेयक पेश गर्न पनि भनिसक्नु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर