Aamsanchar

सप्तकोशीमा पौडी खेल्नेक्रममा १७ वर्षीय युवकको मृत्यु

Author Image
बुधवार, फागुन २४, २०७९

उदयपुर – सप्तकोशीमा पौडी खेल्नेक्रममा उदयपुरका एक युवाको मंगलबार मृत्यु भएको छ। बिहान १०:३० बजे कोशीमा पौडी खेल्नेक्रममा बेलका नगरपालिका- ८ बकुन्द्रे नजिकबाट बेपत्ता भएका वडा नम्बर ६ का १७ वर्षीय सुदिप बिष्ट साँझ फेला परेका हुन्। वडा नम्बर ४ गुरुङचौरीका जनम गतराजसंगै पौडी खेल्न निस्केका विष्टको कोशीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारले बताए।

कोशीमा बेपत्ता भएको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय रामपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय ईटहरीबाट खटिएको टोलीले एक सय मिटर तल विष्टको शव फेला परेको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)