काठमाडौं : नेपाली क्रिकेट टिमका ओपनर आसिफ शेखले शतक पूरा गरेका छन्। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध नेपालका लागि जारी खेलमा उनले शतक पूरा गरे। उनले १ सय १ बल खेल्दै १० चौका र २ छक्काको मद्दतमा शतक पुरा गरेका हुन्। यो उनको पहिलो शतक हो।
उनी एक दिवसीयमा एक हजार रन बनाउने खेलाडी बने। ९० रन बनाउँदा आसिफले हजार रन बनाए।
सन् २०२१ मा सेप्टेम्बर ७ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले योसहित नेपालका लागि ३२ खेल खेलेका छन्। जहाँ उनको नाममा ८ अर्धसतक समावेश छन्।
आसिफ नेपालका लागि एकदिवसीय क्रिकेटमा सबै भन्दा धेरै रन बनाउने दोस्रो खेलाडी हुन्। पहिलो नम्बरमा कप्तान रोहित पौडेल छन्। नेपाल अहिले ३ विकेट गुमाएर क्रिजमा छ। आशिफलाई कप्तान रोहितले साथ दिइरहेका छन।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 134