Aamsanchar

ग्रेट अरनिकोले अभिभावकलाई भन्योः छोराछोरीका अगाडि धेरै मोबाइलमा समय नखर्चिनुहोस् 

Author Image
बिहिवार, फागुन २५, २०७९

 तुलसीपुर। प्रविधिको युग छ । घरघरमा वाइफाई र स्मार्ट मोबाइल छन् । कुनै समय टिभीमा झुम्मिने बालबालिकाहरू अहिले मोबाइलमा झुम्मिन थालेका छन् । यसले विद्यार्थीको मानसिक, शारीरिक तथा संवेगात्मक क्षमतामा ह्रास ल्याउने भन्दै अभिभावकहरू यसमा सचेत हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका अधिकृत मनबहादुर खड्काले बताए ।“धेरै बच्चाहरू अहिले मोबाइलमा झुम्मिने गरेका छन्”, उनले भने “यसले बच्चामा नकारात्मक असर गरिरहेको हुन्छ, यसमा अभिभावक सचेत हुनुपर्छ ।” त्यस्तै बच्चाहरूका अगाडि आमाबुवाले मोबाइल चलाउने गर्दा पनि बच्चाबच्चीहरूमा असर पर्ने भन्दै यसमा पनि अभिभावकहरू सचेत हुनुपर्ने उनको भनाई छ ।

अभिभावकहरू मोबाइलमा व्यस्त हुँदा बच्चाबच्चीहरूले समय नपाउँन भएकाले उनीहरूमा नकारात्मक असर पर्ने उनको भनाई छ ।   अध्ययन अनुसार बच्चाबच्चीलाई दैनिक कम्तिमा ८ पटक छुनुपर्छ । तर, अभिभावक आफ्नो काममा व्यस्त हुँदा बच्चाबच्चीसँग नजिक नभएको पाईने अर्का प्रशिक्षक डीआर भण्डारीले बताए ।“बच्चाबच्चीलाई दैनिक ८ पटक छुनुपर्छ”, उनले भने “तर, हामीले त्यो समय बच्चाबच्चीलाई समय दिन सकेका छैनौं ।”   खानेकुरामा पनि त्यतिकै लापरवाही हुने गर्छ । जंग फुडले बच्चाको शारीरिक तथा मानसिक अवस्थामा निकै असर पु¥याउने गर्छ । बच्चालाई क्रुमुरे, चाउचाउ जस्ता कुराहरूलाई खुवाउन नहुने समेत उनले बताए । अर्गानिक बस्तुलाई खाजाका रुपमा प्रयोग गर्नुपर्ने उनको भनाई छ ।    बच्चा बच्ची हरुसंग गर्ने व्यवहार पनि सरल हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका पूर्व स्रोत व्यक्ति मुकुन्द रिजालले बताए । बालबालिकाहरूलाई उमेर अनुसार व्यवहार गर्नुपर्ने उनको भनाई छ । उनले शिक्षा व्यवहारिक र जीवन बदल्ने शिक्षा हुनुपर्ने बताए । उनले अभिभावक र बाबुआमाबीच अन्तर हुनुपर्ने समेत बताए ।

साथै उनले बच्चाबच्चीको कुराहरू धेरै सुन्नुपर्ने समेत बताए ।   तुलसीपुर ६ स्थित ग्रेट अरनिको माध्यामिक विद्यालयले आयोजना गरेको अभिभावक शिक्षा कार्यक्रममा प्रशिक्षण दिदै उनीहरूले यस्तो बताए । त्यस अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर बस्नेतले अभिभावक, शिक्षक र विद्यार्थीबीचको त्रिपक्षीय भूमिकाले नै विद्यार्थीको पठनपाठन गुणस्तरीय हुने बताए । उनले विद्यार्थीको पहिलो पाठशाला घर भएकाले घरमा विद्यार्थीहरूलाई सरल व्यवहार गर्ने समेत बताए ।  परिस्थिति फेरिएको भन्दै अब परम्परागत शैलीको पढाई नभई आधुनिक शैलीबाट अध्यापन हुनुपर्ने बताए ।   उनले बजारमा टिक्ने, विक्ने र सिक्ने शिक्षा अहिलेको आवश्यकता रहेको बताए । त्यस्तै विद्यालयका प्रधानाध्यापक विष्णु कुमार देवकोटाले हाल नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन भइरहेको बताए । उनका अनुसार हाल साढे १२ सय बढि विद्यार्थी विद्यालयमा अध्ययनरत छन्, भने ६५ शिक्षक कर्मचारी कार्यरत रहेका छन् । विद्यालयले पठनपाठनसंगै बिभिन्न अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको छ । खेल क्षेत्रमा राष्ट्रिय खेलाडी समेत ग्रेट अरणीकोले उत्पादन गरेको छ । सहायक प्रधानाध्यापक कमलप्रकाश शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम निर्देशक नेत्रलाल भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर