Aamsanchar

पीएनजीद्वारा यूएईसामु २४७ रनको लक्ष्य

Author Image
शुक्रवार, फागुन २६, २०७९

काठमाडौं – शीर्ष तीन ब्याटरको अर्धशतकप्रेरित पपुवा न्युगिनी(पीएनजी)ले शुक्रबार आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) सामु २४७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २४६ रनको योगफल खडा गर्‍यो । पीएनजीका सेसे बाउले १०६ बलमा १० चौकासहित ८१ रन बनाए । बाउले दोस्रो विकेटका लागि हिरी हिरीसँग ११२ रनको साझेदारी गरेका थिए । हिरी हिरीले ८५ बलमा पाँच चौका र चार छक्कासहित ७७ रन बनाए ।

हिरीले पहिलो विकेटका लागि अर्का ओपनर किप्लिन डोरिगाले ७२ रनको साझेदारी गर्दै पीएनजीलाई बलियो सुरुआत दिलाएका थिए । डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्कासहित ५५ रन बनाए । तर, मध्यक्रम ब्याटरबाट आशाअनुरुपको प्रदर्शन हुन नसकेपछि पीएनजी ठूलो योगफलसम्म पुग्न भने सकेन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर