Aamsanchar

विराटनगरबाट एकजना हुन्डी कारोबारी पक्राउ 

Author Image
शनिवार, फागुन २७, २०७९

प्रतिकात्मक फायल तस्वीर ।

मोरङ। मोरङको विराटनगर महानगरपालिका –६ बाट हुन्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर –१५ का ३१ वर्षीय धर्मानन्द साह रहेका छन । 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारमा संलग्न रहेका साहलाई नगद ४ लाख ७५ हजार रुपैयाँ, बिभिन्न बैंकहरूको चेक,एटिएम कार्ड, भौचर तथा को. २९ प ९७३९ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो । बिहीवार पक्राउ परेका साह उपर  मोरङ जिल्ला अदालतबाट हुन्डी सम्बन्धी कसूरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर