


काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २४९ रनको लक्ष्य पछ्याइरहेको यूएईले १६ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ४६ रनमात्र बनाएको छ ।
नेपालका ललित राजवंशीले दुई विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिए । नेपालका ललित राजवंशीले पहिलो ओभरको पाँचौं बलमा सफलता दिलाएका थिए । राजवंशीले यूएईका ओपनर भ्रित्या अरविन्दलाई बोल्ड गरे । तेस्रो ओभरको चौथो बलमा दीपेन्द्रसिंह ऐरीले आर्यन लक्रालाई बोल्ड गरे । यस्तै, पाँचौं ओभरको चौथो बलमा राजवंशीले यूएईका मुहम्मद वसिमलाई कुशल भुर्तेलमार्फत क्याच आउट गराए । छैटौं ओभरको पहिलो बलमै सोमपालले यूएईका अर्का ओपनर आसिफ खानलाई विकेटकिपर आसिफ शेखमार्फत क्याच आउट गराए ।
न्यिदब िदबलप
यूएईका भ्रित्या अरविन्द र आर्यन लक्रा ‘डक’ भए । यस्तै, आसिफ खान ६ रनमा र कप्तान मुहम्मद वसिम एक रनमा पभेलियन फर्किए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९।२ ओभरमा सबै विकेट गुमाएर २४८ रनको योगफल खडा गरेको थियो ।