Aamsanchar

रहेनन् भारतीय चर्चित अभिनेता समीर खाखर

Author Image
बुधवार, चैत १, २०७९

एजेन्सी – भारतीय चर्चित अभिनेता समीर खाखरको निधन भएको छ । खाखरको ७१ वर्षको उमेरमा निधन भएको हो । उनको भारतको बोरिवली-१ स्थित एमएम अस्पतालमा निधन भएको हो । खाखरको शरीरका धेरै अंगहरू काम नलाग्ने भएका कारण निधन भएको समाचारमा उल्लेख छ ।

भारतीय सञ्चार माध्यमका अनुसार सास फेर्न समस्या भएपछि खाखरका छोराले उनलाई अस्पतालमा भर्ना गरेका थिए । उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । खाखरको अन्तिम संस्कार बुधबार बोरिवलीको भाभी नाका श्मशान गृहमा गरिने छ । खाखर लामो समयदेखि अभिनयको दुनियाँबाट टाढा थिए । उनी सन् १९९६ मा भारत छोडेर अमेरिका गएका थिए । खाखरले थुप्रै चलचित्र र सिरियलमा काम गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर