Aamsanchar

कोशी नाम खारेजको माग गर्दै प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गर्ने दुईजना पक्राउ

Author Image
बिहिवार, चैत २, २०७९

विराटनगर – कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरस्थित प्रदेशसभा भवन अगाडि राखिएको विरोध कार्यक्रमबाट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । प्रदेश सभा सचिवालय अगाडि राखिएको पहिचानका लागि सडक साहित्यिक यात्राु नाम विरोध कार्यक्रमबाट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पत्रकार एवम् लेखक जनकऋषि राई र सञ्जय याक्खा रहेका छन् ।

राई पत्रकार महासंघ सुनसरीका अध्यक्ष समेत हुन् । पहिचानसहितको नामकरण र कोशी नाम खारेजीको माग गर्दै कविता वाचन गर्ने क्रममा राई र याक्खालाई प्रहरीले नियन्त्रणमा लिएको किँरात अन्तराष्ट्रिय सांस्कृतिक अभियानका संयोजक भद्रगोल किराँतीले बताए । सडकमा कविता समेत वाचन गर्न नदिएर प्रहरीले निरंकुशता देखाउन खोजेको उनले आरोप लगाए ।

प्रहरीले भने प्रदेशसभा भवन वरिपरि विरोध कार्यक्रम गर्न नपाइने बताएपनि अटेर गरी सोही स्थानमा कार्यक्रम गर्न खोजेपछि नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर