![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/New-Project-12-4-1.jpg)
बिर्तामोड – नेपाली लेखक संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभा हलमा साहित्यकारहरुको भेलाले कुमार भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा धनकुमारी खरेल (लता), सचिवमा समीरबाबु कट्टेल, सहसचिवमा सुनिता तामाङ, कोषाध्यक्षमा पवन राजवंशीलाई चयन गरेको छ ।
साहित्यकार तथा पत्रकार केशव आचार्य, विष्णुकुमार भट्टराई, राजेश ढुङ्गाना लगायतको उपस्थितिमा सम्पन्न भेलाले सदस्यहरुमा दयानन्द गोस्वामी, वेणुप्रािदन अधिकारी, चित्रा पौड्याल, ठाकुरप्रसाद पोखरेल, राजेन्द्र गौतम र दिपेन राई रहेका छन् ।
त्यसैगरी भेलाले नेपाली लेखक संघको कोशी प्रदेश अधिवेशनका लागि प्रतिनिधि समेत चयन गरेको छ ।
भेलाले जिल्ला अध्यक्षसहित पाँचजना प्रदेश प्रतिनिधि समेत चयन गरेको छ । प्रदेश प्रतिनिधिमा अध्यक्ष भट्टराई, रश्मिशेखर सुवेदी, लिला अनमोल, मिलनकुमार ढुङ्गाना र लेखनाथ पौड्याल (केशव) लाई चयन गरेको हो ।
लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने साहित्य तथा लेखकहरुको संस्था नेपाली लेखक संघ झापा गोपालकुमार बस्नेत नेतृत्वमा रहेको थियो
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 144