Aamsanchar

मौसम परिवर्तनले स्वास्थ्यमा पार्ने असर

Author Image
शनिवार, चैत ४, २०७९

मौसम परिवर्तनका कारण विशेषतः दुईखाले रोग देखा पर्छन्– भाइरल इन्फेक्सन र पेट तथा आन्द्रासम्बन्धी रोग । भाइरल इन्फेक्सन अर्थात् सामान्य रुघाखोकी, इन्फ्लुएन्जा, भाइरल ज्वरो देखा पर्न सक्छ । पेट तथा आन्द्रासम्बन्धी रोग झाडापखालाजन्य समस्या हो । अहिले महामारीको रूपमा देखिएको डेंगु यसअन्तर्गत नै पर्छ । तर, सबै भाइरल फिभर डेंगु होइन । त्यसैले भाइरल फिभर भएका व्यक्तिले नआत्तिई औषधि उपचार गर्नुपर्छ ।

सावधानी

रोगको संक्रमण हुन नदिन सरसफाइमा ध्यान पु¥याउन जरुरी छ । घरभित्र तथा बाहिर सरसफाइ गरिसकेपछि साबुनपानीले राम्ररी हातखुट्टा धुनुपर्छ । उच्च जोखिममा रहेका बिरामी जस्तै– मधुमेहका रोगी, इमिनो थेरापी ९एलर्जीको कारण पत्ता लागिसकेपश्चात् त्यसलाई दबाउने औषधि० खाइरहेका व्यक्तिले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । प्रशस्त मात्रामा पानी पिउने, तुरुन्त गर्मीबाट चिसोमा र चिसोबाट गर्मीमा आवतजावत गर्नुहुँदैन ।

खानपानमा विशेष ध्यान दिनुपर्छ । चिसो पेयपदार्थ, आइसक्रिमबाट टाढै रहने, घरबाहिर जाने समयमा धुवाँ–धुलोको प्रदूषणबाट बच्न सधैँ मास्क प्रयोग गर्नुपर्छ । बाइक वा स्कुटरको प्रयोग गर्दा नाकमुख छोप्ने गरी हेलमेटको प्रयोग गर्नुपर्छ । खासगरी, वृद्धवृद्धा र बालबालिकाले स्वास्थ्यको ख्याल गर्नुपर्छ र अभिभावकले पनि सजगता अपनाउनुपर्छ ।

भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला आदि देखा परेमा चिकित्सकसँग सरसल्लाह र परामर्श लिएर त्यसैअनुसार उपचार गर्नुपर्छ । रुघाखोकीको संक्रमण भएमा तातोपानीको बाफ लिनुपर्छ । नुनपानीले मुख कुल्ला गर्ने तातो झोलीय पदार्थ पिउने गर्नुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर