Aamsanchar

रुसी राष्ट्रपति पुटिन युक्रेनको मारिउपोल सहर पुगे

Author Image
आइतवार, चैत ५, २०७९

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन  युक्रेनको मारिउपोल सहर पुगेका छन्। रुसी सेनाले यो सहरलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएको छ।  युक्रेनको डोनेस्क राज्यमा पर्ने यो सहर गत वर्ष मे महिनादेखि रुसको कब्जामा रहेको छ।

रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ। युक्रेनका धेरै शहरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। विश्वका धेरै देशले रुसमाथि विभिन्न किसिमका प्रतिबन्ध लगाएका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। तर पुटिन पछि हट्न तयार छैनन्। यसअघि उनी क्रिमिया पुगेका थिए। त्यहाँबाट उनी अचानक हेलिकप्टरमार्फत युक्रेनको मारिउपोल सहर पुगेका थिए।

पुटिन आफैंले कारबाट मारिउपोल सहरका धेरै क्षेत्रको भ्रमण गरेका थिए। यस क्रममा उनले स्थानीय जनतासँग पनि कुराकानी गरेको स्थानीय सञ्चारमाध्यमले जनाको अलजजिराले जनाएको छ। ​

मारिउपोलमा पुटिनले युक्रेनमा आफ्नो सैन्य अपरेशनको शीर्ष कमाण्डसँग पनि भेट गरेका थिए। उनले युक्रेनमा रुसको आक्रमणको जिम्मा लिने जनरल स्टाफ भ्यालेरी गेरासिमोभसँग भेट गरे। यी दुईबीचको भेट दक्षिणी रुसको रोस्तोभ–अन–डोन कमाण्ड पोस्टमा भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर