![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/New-Project-12-20.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
बागलुङ : फोटो खिच्ने क्रममा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ। बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुललाई पृष्ठभूमिमा पारेर फोटो खिच्ने क्रममा लडेर बागलुङ बजार बस्ने १८ वर्षीया अप्सरा खातुनको घटनास्थलमै मृत्यु भएको पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए।
मृतक खातुन भारत घर भई हाल बागलुङ बजार बस्दै आएकी थिइन्। शवलाई पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको न्यौपानेले जानकारी दिए।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
‘प्रहरीले युवतीको घटनास्थलबाट उद्धार प्रयास गरेको थियो, लडेर भीरमा अड्किएको अवस्थामा प्रहरीले फेला पारेको थियो। झोलुङ्गे पुलको पर्वत खण्ड नजिकैको नेपाल टेलिकमको बोर्डबाट पुलतर्फ सेल्फी खिच्ने क्रममा लडेर १०० मिटर तल झरेको अवस्था हो’, न्यौपानेले भने, ‘लामो पुललाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्ने क्रममा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धान हो।’
घटनाको विषमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।