Aamsanchar

मानहानी मुद्दामा राहुल गान्धीलाई २ वर्षकाे जेल सजाय

Author Image
बिहिवार, चैत ९, २०७९

भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ ।

सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । उनी मुद्दाको सुनुवाइको बेला बिहीवार सूरत जिल्ला अदालतमा उपस्थित थिए ।

राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिएका थिए ।

अदालतले कांग्रेस नेता गान्धीलाई आफ्नाे फैसलाकाे विरुद्धमा माथिल्लो अदालतमा पुनरावेदनका लागि ३० दिनको समय दिँदै तत्कालका लागि धरौटीमा छोडेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर