Aamsanchar

मानहानी मुद्दामा भारतीय नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

Author Image
बिहिवार, चैत ९, २०७९

भारतको गुजरात प्रदेशको सूरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानीसँग जोडिएको एक मुद्दामा दोषी ठहर गरेको छ ।

सन् २०१९ को यो विषय ‘मोदी सरनेम’ लाई लिएर कांग्रेस नेता गान्धीको एक टिप्पणीसँग जोडिएको थियो । उनी मुद्दाको सुनुवाइको बेला बिहीवार सूरत अदालतमा उपस्थित थिए ।

राहुल गान्धीले सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै चोरको थर मोदी हुन्छ ?’ भन्ने अभिव्यक्ति दिएका थिए । यही अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (बीजेपी) विधायक एवम् गुजरातका पूर्वमन्त्री पुर्णेश मोदीले गान्धीविरुद्ध उजुरी दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर