Aamsanchar

बिर्तामोड २ खेलकुद विकास सतितिद्वारा १ लाख ४४ हजार रुपैयाँ बराबरको खेल सामाग्री हस्तान्तरण

Author Image
बिहिवार, चैत ९, २०७९

चारपाने ।   साविक चारपाने गाविस त्यसमा वडा नम्बर १ बाहेक हाल बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेका ८ वटा टोलका लागि खेलकुद सामग्री वितरण गरिएको छ ।

आज (विहिबार) खेलकुद विकास समिति बिर्तामोड २ ले बेलडाँगी स्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा एक कार्यक्रम आयोजना गरि विभिन्न खेलकुद सामाग्रीहरू वितरण गरेको हो ।

समितिले ५० वटा फुटवल, ३ वटा भलिबल, भलिबल नेट ३ थान, कोना ५० थान, मार्कर एक सय थान र जर्सी १ सय २० थान वितरण गरेको खेलकुद विकास समितिकी अध्यक्ष कमला लिम्बुले जानकारी दिइन् । उनका अनुसार १ लाख ४४ हजार ४५० रुपैयाँ बराबरको खेल सामाग्री वितरण गरिएको हो ।

आर्थिक वर्ष २०७९/०८० का लागि वडाबाट बिनियोजित ५ लाख रुपैयाँ मध्ये ४ लाख रुपैयाँ सम्झौता भएको र सोही रकम मध्येबाट खेल सामाग्री खरिद गरेर वितरण गरिएको खेलकुद विकास समितिका सचिव पंकज सिग्देलले बताए । उनले भने ‘बाँकी बजेटबाट प्रतियोगिता सञ्चालन गरिने छ ।’

खेलकुद विकास समितिकी अध्यक्ष कमला लिम्बुको अध्यक्षतामा भएको  कार्यक्रममा बिर्तामोड –२ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्यमा खेलकुद सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि पौडेल, वडा सचिव हीमा खनाल, वडा सदस्य चेतन बिमली, एकता सपोर्टिङ क्लबका अध्यक्ष किरण पौडेलले सम्बन्धित  वडाका प्रतिनिधिहरूलाई खेलकुद सामाग्री वितरण गरेका थिए ।

कार्यक्रममा साविक चारपानेका वडा हरु २, ३, ४, ५, ६, ७, ८ र ९ का प्रतिनिधिहरूलाई खेलकुद सामाग्री वितरण गरिएको हो । त्यसैगरी एकता सपोर्टिङ क्लबलाई १० थान फुटवल हस्तान्तरण गरिएको छ ।

सामाग्री वितरण कार्यक्रममा स्वागत खेलकुद समितिका उपाध्यक्ष  खेमराज गिरीले गरेको कार्यक्रमको सञ्चालन सचिव पंकज सिग्देलले गरेका थिए ।  साविक वडास्तरीय फुटवल प्रतियोगिता आगामी चैत २७ गतेदेखि बैशाख १ गतेसम्म सञ्चालन गरिने खेलकुद समितिले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 645

प्रतिक्रिया (०)

सम्बन्धित खबर