Aamsanchar

विश्व कप क्वालिफायर प्लेअफ : यूएई र पीएनजी तथा जर्सी र क्यानडाबीच खेल हुँदै

Author Image
सोमवार, चैत १३, २०७९

काठमाण्डाै – आईसीसी विश्व कप क्वालिफायर प्लेअफमा आज दुई वटा खेल हुँदैछन् ।  आज यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा जर्सी र क्यानडाबीच खेल हुँदैछ । यी खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे विन्डोकमा सुरु हुनेछन् ।

विश्व कप लिग–२ मा नेपाल, स्कटल्यान्ड र ओमान शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका थिए भने नामिबिया चौथो, अमेरिका पाँचौँ, यूएई छैटौँ र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा पुगेका हुन् । प्लेअफमा यी चार टोलीसँगै च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का विजेता जर्सी र क्यानडा गरी कूल ६ टोली छन् ।

प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बाब्वेमा हुने विश्व कप छनोट खेल्न पाउनेछन् । हिजो भएको पहिलो खेलमा अमेरिकाले नामिबियालाई ८० रनले हराएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर