


काठमाडौं : ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ। उनीहरूकी पाँच वर्षीया छोरी गम्भीर घाइते भएकी छिन्।
मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरकै बाग्मती गाउँपालिका ७ घर भई बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुयाल र उनकी श्रीमती ३४ वर्षीय सृजना रहेको प्रहरीले जनाएको छ।
मंगलबार दिउँसो बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई महांकाल बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटनामा परेको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
1
Views: 173