Aamsanchar

एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा

Author Image
बुधवार, चैत १५, २०७९

काठमाडौं  ः घरेलु मैदानमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) ले आज बिहान प्रिमियर कप खेल्ने २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो।

राष्ट्रिय टिमा देव खनालको पुनरागमन भएको छ। नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, भीम सार्की, ललित राजवंशी, रोहित पौडेल, सन्दीप जोरा, मौसम ढकाल, कुशल मल्ल, आरिफ शेख, कमलसिंह ऐरी, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुल्सन झा, सूर्य तामाङ, सोमपाल कामी, किशोर महतो करण केसी र सन्दीप लामिछाने छन्।

एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेबाट १८ गतेसम्म संचालन हुनेछ।​ खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा संचालन हुनेछ।

२४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते हुनेछ। प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ। सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए‘ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन्।  समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन्। हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

विजेता टोली एसिया कपका लागि छनोट हुनेछ। एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ। यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछन्।  नेपालले आफ्नो पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)