Aamsanchar

विदेशमा रहेका नेपाली श्रमिकलाई आजदेखि निःशुल्क टेलिमेडिसिन सेवा

Author Image
बुधवार, चैत १५, २०७९

काठमाडौं – विदेशमा रहेका नेपाली श्रमिकले निःशुल्क टेलिमेडिसिन सेवा पाउने भएका छन् ।

वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि बुधबार देखि निःशुल्क टेलिमेडिसिन सेवा सुरू गरेको हो ।

यो सेवामार्फत विदेशमा रहेका श्रमिकले टेलिफोन मार्फत आफ्नो स्वास्थ्य समस्या तथा समाधानको उपायबारे चिकित्सकहरुसंग परामर्श गर्न पाउने छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारमा रहेका श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हृवाट्सएप र इमेल वा सामाजिक सञ्जालबाट फोन गरी टेलिमेडिसिन सेवा लिन सक्नेछन् ।

सार्वजनिक बिदाका दिनबाहेक नेपाली कार्यालय समयमा सेवा प्रवाह गरिने बोर्डले जनाएको छ ।

बिरामी परेका श्रमिकलाई विशेषज्ञ सेवा आवश्यक परेमा आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ ।

सेवा प्रवाहका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको छ । सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइने छ । यसको सम्पूर्ण खर्च बोर्डले व्यहोर्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर