Aamsanchar

रातभर भिजाएर किसमिस पानी पिउँदा हुन्छ धेरै फाइदा

Author Image
शनिवार, चैत १८, २०७९

किसमिस जति स्वादिष्ट हुन्छ, स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त छ। तर धेरैलाई थाहा नहुन सक्छ किसिमिस मात्रै नभएर भिजाएर यसको पानी पनि स्वास्थ्यका लागि उपयोगी मानिन्छ भनेर।

किसमिस भिजाएको पानी नियमित पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ। यस्तै विभिन्न प्रकारका भाइरल संक्रमणको जोखिम कम गर्न सहयोग गर्छ। किसमिसको पानीले ‘भाइरल इन्फेक्सन’बाट बचाउँछ, जसका कारण बिरामी हुने सम्भावना निकै कम हुन्छ।

नियमितरूपमा किसमिसको पानी पिउँदा शरीरबाट विषाक्त तत्त्व बाहिर निस्किन्छ। यसले कलेजोलाई स्वस्थ राख्न पनि मद्दत गर्छ।

किसमिस पानी कसरी तयार गर्नेर ?

किसमिसको पानी तयार गर्न एउटा प्यानमा एक गिलास पानी उमाल्नुहोस्। अब यसमा किसमिस मिसाएर रातभर भिजाउन छाड्नुहोस्। बिहान उठेपछि यसलाई छानेर खाली पेटमा पिउनुहोस्।

एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 321

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१