Aamsanchar

फिनल्याण्डको आम निर्वाचनमा प्रधानमन्त्री सना मरिनको पार्टी तेस्रो स्थानमा खुम्चियाे

Author Image
सोमवार, चैत २०, २०७९

काठमाडौं : फिनल्याण्डको आम निर्वाचनमा प्रधानमन्त्री सना मरिनको पार्टी तेस्रो स्थानमा खुम्चिएको छ।

कम उमेरकी महिला प्रधानमन्त्रीका रुपमा चर्चित सना मरिनको पहिलो कार्यकाल सकिँदै गर्दा उनको मध्य–वाम पार्टी दक्षिणपन्थी पार्टीसँग पराजित भएको हो। निर्वाचनमा फिनिस विपक्षी दक्षिणपन्थी नेता पेटेरी ओर्पोको नेतृत्वको गठबन्धनले सरकार निर्माणको म्यान्डेड प्राप्त गरेको छ।

ओर्पोले नेतृत्व गरेको कन्जरभेटिभ पार्टीले २० दशमलब ८ प्रतिशत मत प्राप्त गर्दा अर्को दक्षिणपन्थी पपुलिस्ट फिन्स पार्टीले २० दशमलब १ प्रतिशत मत हासिल गरेको छ। प्रधानमन्त्री सना मरिनको पार्टीले भने १९ दशमलब ९ प्रतिशत भोट प्राप्त गरेको बीबीसीले जनाएको छ।

जितपछि ओर्पोले मतदाताले सरकार परिवर्तनको चाहना राखेको र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने प्रतिक्रिया दिए। पपुलिस्ट पार्टीका नेता रिक्का पुर्राले आफ्नो पार्टीलाई मतदाताले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सुम्पेको भन्दै त्यसैअनुसार काम गर्ने प्रतिक्रिया दिए।

Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर