Aamsanchar

एपीएफ र पुलिस तथा सङ्कटा र खुमलटार खेल्दै

Author Image
सोमवार, चैत २०, २०७९

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको छैटौँ चरणका खेलहरु आजदेखि सुरु हुँदैछन् ।  सोमवार दुई खेलहरु हुनेछन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुने भएको छ।

च्यासल मैदानमा दुई विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ बजे हुनेछ । एपीएफ आज तेस्रो जितको खोजीमा हुनेछ । एपीएफ ७ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । पुलिस लिगमा पहिलो जितको खोजीमा हुनेछ ।

पाँचौँ चरणसम्म जितविहीन पुलिस पहिलो ३ अङ्क जाेड्ने योजनामा रहेको छ । पुलिस १ अङ्क जोडेर पुछारमा रहेको छ ।

यस्तै, एन्फा कम्प्लेक्समा सङ्कटा क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । सङ्कटा र खुमलटारबीचको खेल दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर