Aamsanchar

बाङ बजारमा भीषण आगलागी, आगो निभाउन ४३ वटा दमकल खटिए

Author Image
मङ्गलवार, चैत २१, २०७९


ढाका : बंगलादेशको मुख्य कपडा बजार बंगाबजारमा भीषण आगलागी भएको छ। पहिलो सेवा नियन्त्रण कक्षका ड्युटी अफिसर रफी अल फारुकले बिहान ६.१० बजे आगलागीको खबर प्राप्त भएको बताए। तर आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन।

यहाँ करिब चार हजार पसल रहेको बाङबजारका व्यापारी बताउँछन्।

आगलागीको घटनापछि ढाका र आसपासका जिल्लाका सबै दमकलले आगो निभाउने काम थालेका छन्। अहिलेसम्म आगो निभाउनका लागि ४३ वटा दमकल खटिएका छन्।

बीबीसीका अनुसार घटनास्थलमा रहेका पत्रकारहरूले आगो बाङ्गबजार र नजिकैको बजारसम्म फैलिएको बताएका छन्।

बङ्गबाजार थोक र खुद्रा कपडाको लागी बंगलादेशको प्रमुख बजारहरु मध्ये एक हो। यसअघि गत मार्च ७ मा ढाकाको सिद्दिकी बजारमा विस्फोट र आगलागीमा १९ जनाको मृत्यु भएको थियो। बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर