Aamsanchar

एमालेद्वारा अस्पतालका विरामीलाई फलफूल वितरण

Author Image
आइतवार, जेठ ३, २०८३

ताप्लेजुङ- ताप्लेजुङमा ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । आइतबार स्मृति दिवसका अवसरमा नेकपा (एमाले) ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।

एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु ९दिपेन० का अनुसार ताप्लेजुङ अस्पतालमा उपचाररत रहेका २६ जना विरामीलाई फलफूल वितरण गरिएको छ ।

अस्पतालमा उपचार सेवा लिइरहेका विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको कार्यबाहक अध्यक्ष पोमुले जानकारी दिनुभयो । एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, केन्दीय सदस्य तथा प्रतिनिधिसभा सदस्य क्षितिज थेबे लगायतको उपस्थितिमा जिल्ला अस्पतालमा उपचाररत विरामीलाई फलफूल वितरण गरिएको हो ।

एमाले जिल्ला सचिव सन्तोष चाम्लिङका अनुसार पार्टी कार्यालयमा स्वर्गीय जननेता मदनकुमार भण्डारी र नेता जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गरिएको छ । नेपाल (एमाले) का तत्कालीन महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा निधन भएको थियो । स्वर्गीय भण्डारी र आश्रितको स्मृति दिवसमा एमालेले देशभर विभिन्न कार्यक्रम गर्छ ।

 

Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर