
काठमाडौँ – महालेखा परीक्षक कार्यालयले अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिलाई बागमती नदीको पानीको गुणस्तरमा सुधार गर्नमा ध्यान दिन सुझाव दिएको छ। महालेखा परीक्षक कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनमा उक्त सुझाव उल्लेख छ।
प्रतिवेदन अनुसार बागमती नदीको सुन्दरीजल, गुह्येश्वरी, बागमती मनोहरा दोभान तथा चोभारको पानीको गुणस्तर अवस्था परीक्षण गरेकोमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बायोकेमिकल अक्सिजन डिमाण्ड, केमिकल अक्सिजन डिमाण्ड, डिसल्भ अक्सिजन डिमाण्ड र टोटल सस्पेन्डेड सोलिड डिमाण्ड क्रमशः ३ एमजी प्रति लिटर, १०, ६ र २५ एमजी प्रतिलिटरभन्दा कम हनुपर्नेमा सुन्दरीजल बाहेक सबै स्थानको प्यारामिटर भन्दा धेरै बढी देखिन्छ।
Views: 15


