Aamsanchar

सिक्किममा हिमपहिरो : तीन नेपालीसहित ७ जनाको ज्यान गयाे

Author Image
बुधवार, चैत २२, २०७९

काडमाडौं : सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्।

मङ्गलवार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले जनाएका छ। ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन्।

यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन्। गीता सापकोटा, ज्योती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ।

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर