Aamsanchar

सेती प्रादेशिक अस्पतालमा एक काेभिड संक्रमित महिलाको मृत्यु

Author Image
आइतवार, वैशाख ३, २०८०

कैलाली : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक कोरोना भाइरस (कोभिड) संक्रमित महिलाको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनको आज बिहान साढे ८ बजे अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको उनले बताए।

मुटुको बिरामी रहेकी ती महिलामा चैत २६ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर