Aamsanchar

नेपलीज क्यानडीयन क्रिकेट क्लब र सरोवालहरु बिच बैठक सम्पन्न

Author Image
सोमवार, वैशाख ४, २०८०

नेपलीज क्यानडीयन क्रिकेट क्लब (एनसीसी) का अध्यक्ष किरोज श्रेष्ठ, उपाध्यक्ष अमृत थापा र सचिव विनय यादवले क्यानडाका खेलकुद मन्त्री पास्केल सेन्ट-ओन्ज ब्रोम-मिसिसकोइलगायत धेरै स्थानीय ,राष्ट्रिय क्रिकेट र  नेताहरूसँग बैठक सम्पन्न भएको छ।

क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दासानायके, क्रिकेट क्यानाडा मास्टर्स काउन्सिलका उपाध्यक्ष इंग्लटन लिबर्ड, ओन्टारियो क्रिकेट संघका प्रशिक्षक अक्षय पाण्डे, सुश्री दशी, क्यानडाका राष्ट्रिय खेलाडी हर्ष ठाकर र केही स्थानीय तथा राष्ट्रिय क्रिकेट खेलको नेतृत्वकर्ताको उपस्थिति रहेको थियो ।

 भेटमा एनसीसीका उपाध्यक्ष अमृत थापाले अन्तर्राष्ट्रिय विद्यार्थी र नयाँ आप्रवासीहरूलाई क्रिकेटसँग सक्रिय जीवन प्रदान गर्न क्लबले गरेको सहयोगलगायतकf गतिविधिहरू प्रकाश पारे।

 एनसीसीका सचिव विनय यादवले क्यानडामा तीव्र गतिमा बढ्दै गएको खेलको गति समात्न नसकेको क्रिकेट मैदानको परिमाण र गुणस्तर उल्लेख गरे । शयादवले क्रिकेट मैदानमा चेन्जिङ रुमजस्ता थप सुविधाको माग पनि उठाए । 

एनसीसीका अध्यक्ष किरोज श्रेष्ठले क्यानडाको क्रिकेट हब ब्राम्पटन सहरमा अन्तर्राष्ट्रिय खेलहरू ल्याउने विचार साझा गर्नुभयो। श्री श्रेष्ठले क्यानडामा फ्यानमा आधारित क्रिकेट निर्माण गर्न र टाढाको खाली क्रिकेट मैदानमा भन्दा पनि क्रिकेट हब सिटीमा अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्ने महत्त्वको वकालत गरे। 

स्थानीय र राष्ट्रिय स्तरमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि राष्ट्रिय तथा स्थानीय क्रिकेट नेताहरूले मन्त्रीसँग अन्य धेरै नवीन र रचनात्मक विचारहरू साझा गरेका थिए।

 उत्कृष्ट कार्यक्रमको आयोजना गर्ने र आउने दिनमा क्यानाडा क्रिकेटलाई अगाडि बढाउन र आफ्नो सहयोग रहने
ब्राम्पटन साउथका माननीय सांसद सोनिया सिद्धुले  बाचा गरेका थिय

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर