कर्णाली प्रदेशको एक पहिचान आन्तरिक बाह्य पर्यटकहरूको प्रमुख गन्तव्य हो काँक्रेविहार । सुर्खेतको बीरेन्द्र नगरबाट करिव ५ किलो मिटर दक्षिण जंगलको बिचमा अवस्थित छ काँक्रेविहार ।
२०७२ सालको भूकम्पले भताभुङ्ग परेको काँक्रेविहार मन्दिरको जीर्णोद्धार तथा पुनर्निर्माण कार्य सम्पन्न भएको केही वर्ष भइसकेको छ । वर्षौँसम्म भग्नावशेषको रूपमा रहेको काँक्रेविहार मन्दिर पुनर्निर्माण थालिएको झण्डै १७ वर्षपछि पुरानै शिखर शैलीमा उभिएको छ। ३८ वर्ष अघि भग्नावशेषको रूपमा देखेको काँक्रेविहार अहिले विशाल मन्दिर तयार छ ।
हालको अवस्थामा काँक्रेविहार मन्दिर पूर्व पश्चिम तर्फ २९.४६ मिटर लामो र उत्तर–दक्षिण २५ मिटर चौडा रहेको छ । यसको गर्भगृह भित्री खाली भाग ६.१६४६, १६ फाउण्डेसन लेभल जमिनको सतहदेखि ३.३५ मिटर छ । भित्री पिलरहरूले भूइ देखि ४३.३५ मिटर अग्लो शिखरशैली संरचनालाई मजबुत बनाइएको छ । उत्खननमा फेला पारिएका २०२८ वटै मूर्ति अंकित वास्तु अंश (प्रस्तर) लाई संरचना निर्माणमा उपयोग गरिएका छन् । काँक्रेविहारको मन्दिर कहिले कसले स्थापना गरेको हो भन्ने कुराको तथ्यगत प्रमाण हालसम्म पनि भेटिएको छैन । यद्यपि यस किसिमको विशाल प्रस्तर संरचनाको मन्दिर निर्माण गरिने प्रविधि र क्षमता अशोक मल्लकै शासनकाल ९१२५५–१२७८० मा मात्र रहेको विज्ञहरूको भनाई रहेको छ । यस आधारले यसको निर्माण १३ औं शताब्दीमा भएको र १६ औं शताब्दीको अन्त्य तिर ठूलो भूकम्पका कारण भत्किएको अनुमान गरिने महापथ कुदिएको ढुंगा पनि छ । यसरी भगवान बुद्ध र देवीदेवता (विष्णु, सरस्वती पथ लगायत) हरूको मूर्ति कुदिएर ढुंगा हरुबाट निर्मित एउटै मन्दिर भएकोले काँक्रेविहारलाई हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा मन्दिरको रुपमा लिने गरिएको छ र यसलाई धार्मिक सहिष्णुताको एक मात्र भौतिक प्रतीक मान्न सकिन्छ । यसअर्थमा काँक्रेविहारको महत्व अद्वितीय छ ।
काँक्रेविहार कर्णाली प्रदेशको मात्र होइन नेपालकै एक अद्वितीय ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदा भएको स्थल हो । यो ठाँउ प्रदेश राजधानी वीरेन्द्रनगर (सुर्खेत सुरक्षेत्र–देवभूमि) उपत्यकाको जङ्गलको भागको उच्चतम् स्थलमा अवस्थित छ । टासिएर कुदेका प्राचीन विशाल ढुङ्गाबाट निर्मित मन्दिरको भग्नावशेष यसैमा रहेकोले यसको संरक्षणको लागि काँक्रेविहार बनलाई नै वन ऐन, २०४९ को प्रावधान अनुसार नेपाल सरकारले २०५९ बैशाख ३० गते देशकै पहिलो संरक्षित वनको रुपमा घोषणा गरियो । हाल वन ऐन, २०७६ बमोजिम यसलाई काँक्रेविहार वन संरक्षण क्षेत्र भनी चिनिन्छ ।
काँक्रेविहारमा ढुंगा मूर्तिहरू अनेक किसिमका बुट्टाहरू कुदिएका छन् । यी मध्ये बुद्धको जन्म, बुद्धत्व ज्ञान प्राप्ति, धर्मचक्र मुद्रा, श्रावस्ती चमत्कार, अभय मुद्रा, दान मुद्रा, बाँदरले चढाएको महलाई बुद्धले ग्रहण गरेको आदि दृष्यहरू प्रमुख हुन् । एकल ढुङ्गाको स्ल्यापमा बुद्ध भगवानको जीवन कथा दृष्य अंकित भएको पनि देखिन्छ पञ्चरथशैलीको शिखराकार मन्दिरको शिरभागमा प्रयोग गरिने आमलक घटकलश र वीजपूरक प्रस्तरहरु पनि रहेका छन् । मन्दिरको अधिष्ठानमाथि शिखर भागसम्म उपयोग हुने ढुंगाहरुमा झैं अर्धचन्द्राकार फूलबुट्टा, चौकोणबुट्टा कोण आमलक, अष्टकुने चक्र, पत्र मालिका (कृतिम पत्रिपंक्ति), साना साना शीखर प्रसादहरु, हिडिरहेका हंशपंक्ति (सरोवर राजहंश) कुदिएका प्रस्तरहरु पनि देखिन्छन् ।
शिखरका अर्धजमाहरु भित्र प्रदर्शित हुने पद्यपाणिलोकेश्वर बसेको मूर्ति चित्रित ढुंगाहरु यस मन्दिरमा रहेका छन् । यसैगरी, गर्भगृहको भित्री माझछानामा प्रयोग पुरातत्व विभागका अनुसार सन २००४ मा नै काँक्रेविहार भग्नावशेषलाई जीर्णोद्धार तथा पुनर्निर्माण कार्यको थालनी भएको थियो तर केहि समय पछि उक्त कार्यलाई अलमलमा छोडियो । संरक्षण क्षेत्रको व्यवस्थापनबाट प्राप्त हुने लाभांशका बाँडफाँट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धी प्रचलित कानून बमोजिम हुदै आएको छ ।
काँक्रेविहार मन्दिरको बनावट, प्राचीन शैली र पुरातात्विक एवं पर्यापर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण ठानिएको यस ऐतिहासिक सम्पदा र स्थान अवलोकनको आन्तरिक तथा बाह्य आगन्तुकहरुको घुइचो बढ्दै गएको छ । चालु वर्ष २०७८ ०७९ को जेठ मसान्तसम्म डिभिजन वन कार्यालयमा प्राप्त तथ्यांक अनुसार २,१२,०२४ आगन्तुकहरु अवलोकन गर्न आएका उनीहरुको प्रवेश शुल्कबाट रु ११,०१,८४० ( एघार लाख एक हजार आठ सय चालिस रुपैया) रकम संकलन भएको छ ।