Aamsanchar

हातखुट्टा बाँधिएको अवस्थामा दश जना माझीको शव फेला

Author Image
मङ्गलवार, वैशाख १२, २०८०

बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जना माझीको शव फेला परेको छ । माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र उनीहरुको शव फेला परेको बङ्लादेशको कोक्स बजार सदर पुलिस कार्यालयका प्रमुख रफिकुल इस्लामले जानकारी दिनुभएको छ । उनीहरु सबैको हातखुट्टा बाँधिएको थियो । स्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

लुटेराको समूहले करिब १० दिन अघि नै माझीलाई आक्रमण गरेर मारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर