Aamsanchar

आजकाे माैसम

Author Image
बिहिवार, वैशाख १४, २०८०

काठमाडौं : गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग केही स्थानमा बिहीबार हल्का वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा सामान्यदेखि आंशिक बदली तथा बाँकी भूभागहरूमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा छ।

काठमाडौं उपत्यकामा बिहानीपख आकाश तुवालोले ढाकेको भए पनि दिउँसो हावा चलेपछि खुल्दै जाने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।
सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर