Aamsanchar

कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनको औचित्य छैन : एमाले अध्यक्ष ओली

Author Image
शुक्रवार, वैशाख १५, २०८०

इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण विरुद्ध भइरहेको आन्दोलनको कुनै औचित्य नहुने बताएका छन् । इलाम सदरमुकाममा बिहीबार आयोजित पार्टीको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

       कोशी नामले सबै जातजाति, भाषा, धर्म, क्षेत्र एकैठाउँमा समेटेको भन्दै उनले यो नाम खारेज माग गर्दै भइरहेको आन्दोलनले कुनै अर्थ नराख्ने बताए । अहिले प्रदेशको नामको विरोधमा भइरहेको प्रदर्शनमा आतङ्ककारी क्रियाकलाप र उद्दण्डता देखिएको भन्दै उनले यस्तो आन्दोलनको कुनै औचित्य नहुने स्पष्ट पारे ।

       प्रदेश सबैको साझा भएकाले प्रदेश सभाको दुई तिहाइ मतले साझा नाम कोशी नामकरण गरेको भन्दै उनले अब नाम परिवर्तन गर्नुपर्ने भए जनताको मत जितेर दुई तिहाइ पुर्‍याउन आन्दोलनकारीलाई सुझाव दिए । ‘प्रदेशको नाम एउटा प्रक्रियाबाट टुंगिएको हो, सबै दलले दुईतिहाइभन्दा बढी मतले पास गरेको हो,’ अध्यक्ष ओलीले भने, ‘नाम परिवर्तन गर्ने हो भने भोट जित्नुहोस्, दुई तिहाइ ल्याउनुस्, परिवर्तन गर्नुस्, हामी मान्छौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर