Aamsanchar

आजकाे माैसम

Author Image
बुधवार, वैशाख २०, २०८०

काठमाडौं : बुधबार बिहान देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भने हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बधबार पनि काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्। काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहान ११ बजेपछि पानी पर्ने सम्भवना रहेको उनले बताइन्।

दिउँसो देशका अन्य पहाडी भूभागमा पनि पानी पर्नेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहितका क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ।  तराईका भू–भागमा पहाडी क्षेत्रको तुलनामा कम पानी पर्ने कँडेलले जानकारी दिइन्।

Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
बुधवार, फागुन २७, २०८२
आजको माैसम
सोमवार, फागुन २५, २०८२
कहिले खुल्छ आकाश ?
आइतवार, फागुन २४, २०८२