Aamsanchar

अमेरिकामा ट्रकले कारलाई ठक्कर दिंदा प्रमिला सुवेदीको घटनास्थलमै निधन

Author Image
शनिवार, वैशाख २३, २०८०

काठमाडौं : अमेरिकाको टेक्सासमा ट्रकले कारलाई ठक्कर दिंदा प्रमिला सुवेदीको निधन भएको छ।  एनआरएनए आइसीसीको अमेरिकाजका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी पत्नी प्रमिला सुवेदीको बिहीबार मृत्यु भएको हो।

छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमिलाले चलाएको गाडीलाई रक्डेल सिटीनजिकै बिहीबार साँझ ट्रकले ठक्कर दिएको हो। दुर्घटनामा ४७ वर्षीय प्रमिलाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रमिला दम्पत्ति  दुई दशकदेखि अमेरिका बस्दै आएका थिए।  सुवेदी दुई छोरा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर