Aamsanchar

झापामा ठूलोपर्दाको चलचित्र बिक्रम देवाको शुभमुहूर्त 

Author Image
सोमवार, वैशाख २५, २०८०

बिर्तामोड । धेरै जसो झापा जिल्लामा बसोवास गर्दै आएका एक लोपउन्मुख जाती मेचे जातीको भाषा, संस्कृति र नेपाली भाषा मिश्रणमा बन्ने सामाजिक कथा बस्तुमा आधारित चलचित्र बिक्रम देवाको शुभ मुर्हत भएको छ ।

जय भोले बाबा फिल्म्स प्रा।लि।को ब्यानरमा सुआसी मेचेको मेचे भाषामा आधारित चलचित्र बिक्रम देवाको आज (सोमबार) मेचीनगर १३ स्थित पाउँ पाथिभरा मन्दिरमा शुभ मुर्हूत गरिएको हो ।

झापाको परिवेशलाई चलचित्रमा उतार्ने गरि आजबाट छाँयाङकन सुरु भएको चलचित्रको निर्माता प्रताप मेचे रहेका छन् ।

मोफसलका पुराना र अनुभवी निर्देशक कुमार केसीको कथा तथा निर्देशनमा बन्ने चलचित्रमा मुख्य कलाकारमा सुभास मेचे, उर्मिला कार्की, सुनिल थापालगायतका कलाकारको अभिनय रहने निर्देशक केसीले बताए ।

चलचित्र बिक्रम देवामा कार्यकारी निर्माता रविन मेचे, क्यामरा छायांकन बिक्रम डिसी, संगीत विकास चौधरी, नृत्य निर्देशन कमल राई, द्वन्द्व निर्देशन सन्तोष भुजेलले गर्ने भएका छन् ।

चलचित्र शुभमुहूर्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएका  मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी नआएपछि आयोजकले कलाकार विपिन प्रसाईँ, स्थानीय जनप्रतिनिधि निरू परिवार, पवनलाल मेचे, अर्जुन मेचे लगायतको हालबाट क्यामरा अन गरेर, नरिवल फुटाएर, क्ल्याव पड्काएर चलचित्रको शुभमुहूर्त गरेको थियो । प्रमुख अतिथिको प्रतीक्षाका कारण कार्यक्रम दुई घण्टा ढिलो सुरु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर