Aamsanchar

राजस्थानको डुण्डलोड पब्लिक स्कुलको विद्यार्थी भर्ना अभियान बिर्तामोडमा

Author Image
सोमवार, वैशाख २५, २०८०

बिर्तामोड ।    भारतको राजस्थानमा सञ्चालित डुण्डलोड पब्लिक स्कुलले नेपालमा पनि विद्यार्थी भर्ना अभियान चलाएको छ । विभिन्न नयाँ शैक्षिक सुविधाका प्याकेजहरू बनाएर विद्यार्थी भर्ना अभियानका क्रममा विद्यालयको एक समूह झापाको बिर्तामोडमा आएको हो । 

नेपालबाट अध्ययनका लागि जाने विद्यार्थीहरूलाई ४० प्रतिशत छात्रवृति उपलब्ध गराउने । स्कुल व्यवस्थापनले आज (सोमबार) झापाको बिर्तामोडमा पत्रकार भेटघाट गरेर नेपाली विद्यार्थीलाई प्राथमिकतामा राखेर छात्रवृति उपलब्ध गराउने जानकारी दिएको छ । 

स्कुल व्यवस्थापनका सेक्रेटरी बिएल रणवाले अन्तर्राष्ट्रियस्तरको शिक्षा सुलभ शुल्कमा उपलब्ध गराउँदै आएको बताए । विद्यालयमा व्यवहारिक शिक्षा र नैतिक शिक्षा उपलब्ध हुनुका साथै सुरक्षाको राम्रो ब्यवस्था रहेकाले नेपाली अभिभावकले सो स्कुलमा आफ्ना छोराछोरी अध्ययनका लागि पठाउने विश्वास उनले ब्यक्त गरे । 

पूर्वप्राथमिकदेखि उच्च माध्यमिक कक्षासम्म शिक्षा प्रदान गर्दै आएको छ। शिक्षाको मुख्य माध्यम अंग्रेजी हो। कक्षा ६ देखि ८ सम्मको वैकल्पिक तेस्रो भाषा संस्कृत रहेको छ। अंग्रेजी, हिन्दी, सामाजिक विज्ञान, गणित, भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान, जैव–प्रविधि, कम्प्युटर विज्ञान, अर्थशास्त्र, व्यापार अध्ययन, लेखा, इतिहास, राजनीति विज्ञान, भूगोल, समाजशास्त्र, सूचना विज्ञान अभ्यास, कला, संगीत जस्ता सबै आवश्यक महत्त्वपूर्ण विषयहरू शैक्षिक कार्यक्रम अन्तरगत रहेको बताईएको छ ।

राजस्थानका बिभिन्न शहरहरूमा डुण्डलोडका तीन वटा स्कुल सञ्चालनमा छन् । डुण्डलोड पब्लिक स्कुल, डुण्डलोड गल्स स्कुल र डुण्डलोड बोर्डिङ स्कुल एउटै ब्यवस्थापन द्धारा सञ्चालनमा रहेको रणवाले बताए । पानी, हावा र पन्छीको कुनै सिमा हुदैन जुन देशमा पनि पुग्न सक्छ त्यस्तै  शिक्षाको लागि देशको भौगोलिक सिमाना नहुने भन्दै रणवाले नेपाली विद्यार्थीको रोजाईमा पर्न डुण्डलोड सफल हुने समेत दावी गरे । 

बिर्तामोडकी निलम अग्रवालले आफ्नो छोरीलाई यसै वर्ष देखि भर्ना गरेर र सो स्कुलमा मै भर्ना गर्नु परेको कारण र विशेष्ता बारे यस्तो भनिन ‘बच्चाको सुरक्षा, व्यवहारिक शिक्षा लगायतमा पूर्ण विश्वस्त रहेको छु, बच्चाको बसाइँ, खानपान र अध्ययनमा स्कुलले कुनै सम्झौता गरेको छैन । होस्टेलको बेडरुम पाँचतारे होटल भन्दा कमको छैन, अन्य धेरै सुविधाहरू पाए त्यसैले सो स्कुलमा छोरी पढाउन सुरु गरेकी हु’ ।  

पहिलो पटक भारतबाहेकका देशमा विद्यार्थी भर्ना अभियान शुरु गरेको बताउँदै डुण्डलोडका निर्देशक राहुल रणवाले एक पटक व्यवस्थापनसँग भेटेर आफ्ना बच्चाहरूको भविष्य सुरक्षित गर्न अभिभावकसँग आग्रह गरे । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर