![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/05/गणेश.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
(भगवान श्री गणेश आफ्ना माता पिताका साथ) भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिव जीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्।
तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्रन सकेन अंतमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ।”
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
यसो सुनेर माता पार्व्ति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्। यो देखेर भगवान शिवलाई पनि दुस्ख लाग्यो उनले भगवान बिष्णुलाई भने “मैले बालकको टाउँको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ” यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए।त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।
गणेश लेखनमा सिद्धहस्त मानिएका छन्। त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ। गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ। गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बुद्धु भन्ने बुझिन्छ। श्रीगणेश शव्दले भनें कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ ।