Aamsanchar

धनकुटाबाट १७ वटा बोरामा ‘प्याक’ गरिएको ५ सय किलाे गाँजा बरामद, नियन्त्रणमा लिने क्रममा प्रहरी घाइते

Author Image
शुक्रवार, वैशाख २९, २०८०

विराटनगर – धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाटबाट शुक्रबार बिहान प्रहरीले ठूलो परिणामको लागुऔषध गाँजा बरामद गरेको छ । प्रहरीले करिब ५ सय किलोग्राम गाँजा बरामद गरेको हो । प्रहरी चौकी मुलघाटको टोलीले धरानतर्फ लैजाँदै गरिएको को १ ख ३३६७ नम्बरको मिनी ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा ठूलो परिणामको गाँजा बरामद गरेको धनकुटा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले जानकारी दिए । उनका अनुसार १७ वटा बोरामा ‘प्याक’ गरिएको गाँजा बिहान ५:३० बजेतिर बरामद भएको हो ।

गाँजा नियन्त्रणमा लिने क्रममा १ जना प्रहरी घाइते भएका छन् । शंकास्पद हिसाबले आइरहेको मिनी ट्रकलाई रोकेर प्रहरीले चेकजाँच गर्दा घटना भएको हो । प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ मिनी ट्रकमाथि चढेर चेकजाँच गर्दै थिए । त्यस क्रममा चालकले गाडी भगाउन खोजेपछि लडेर उनी घाइते भएको एसपी कोइरालाले बताए ।

उनका अनुसार घाइते तामाङको धनकुटामै उपचार भइरहेको छ । उनको देब्रे खुट्टमा चोट लागेको छ । मिनी ट्रकमा लोड गरिएको गाँजा मुलघाटकै सिरसिरेभन्ने ठाउँमा छाडेर चालक फरार बनेको र खोजी तीव्र पारिएको जानकारी कोइरालाले दिए । बरामद भएको गाँजासहित ट्रकलाई भने आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइएको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर