Aamsanchar

तारा बराल पक्राउ

Author Image
सोमवार, जेठ १, २०८०

काठमाडौँ –नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध नाराबाजी गर्ने एक जना पक्राउ परेका छन् । सोमबार जिल्ला अदालतमा म्याद थपका लागि रायमाझीलाई उपस्थित गराउँदा रायमाझीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले तारा बराल नामकी महिलालाई पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालत परिसरमा बरालले नाराबाजी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । बरालले ‘भ्रष्टाचारी मुर्दावाद’ भनेर नारा लगाएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)