

भोलि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ। मंगलबार राति कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।


Views: 118

